
तस्विर फाइल
एजेन्सी । युरोपियन युनियनले ७० प्रतिशत वयस्कले कोरोनाविरुद्धको खोप लगाइसकेको जनाएको छ ।
युनियनका अध्यक्ष उर्सुला भोन डेर लेनले यसअघि आफूहरुले गरेको प्रतिवद्धता अनुसार युनियनमा आवद्ध सदस्य राष्ट्रहरुका ७० प्रतिशत वयस्कले कोरोनाको खोप लगाइसकेको दावी गरे ।
उनले जुलाईको अन्त्यसम्ममा खोपकाो सो मात्रा पूरा गर्ने प्रतिवद्धता अनुसार नै खोप कार्यक्रम सञ्चालन गरेको बताए ।
उनले ५७ प्रतिशतले खोपको दुवै मात्रा पूरा गरेको पनि बताए । उनले कोरोनाका अन्य भेरियन्टहरु पुनः सक्रिय भइरहेकाले खोप लगाएपनि ढुक्क रहने अवस्था भने नरहेको टिप्पणी गरे ।
सरकारी अधिकारीहरुका अनुसार आगामी अगस्टमा कोरोना संक्रमणको दर ९० प्रतिशतले वृद्धि हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्