२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कर्मचारीले पाउने १० दिने भ्रमण बिदा भदौं देखि लागू हुने, ससुराली माइती नजिक भ्रमण जान नपाइने


13
Shares

काठमाडौं । सरकारी कर्मचारीले पाउने भनिएको १० दिने छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक २०७८/७९ को बजेट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने कर्मचारी भ्रमण छुट्टी भदौदेखि कार्यान्वयनमा आउन लागेको हो ।

भ्रमण छुट्टीका लागि आवश्यक नीति तथा निर्देशिका तयार संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गरिरहेको छ । जुन आगामी भदौदेखि कार्यान्वयनमा आउन लागेको मन्त्रालयले जनाएको छ ।

तयार गरिएको भ्रमण निर्देशिकामा काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर नजिकै (पायक पर्ने) तथा माइती–ससुराली क्षेत्रमा भने भ्रमण गर्न निषेध गरिएको छ ।

जारी हुन लागेको नीतिमा तोकिएबमोजिम फिल्डमै गई खर्च गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने भनिएको छ । १० दिन भ्रमण विदामा रहँदा कुनै तलव सुविधा काँटिने छैन ।

अहिले देशभर संस्थान, प्रतिष्ठान र निजामती गरि झण्डै ६ लाखभन्दा बढी कर्मचारी रहेका छन् ।