
एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा बस र ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।
दुर्घटनामा २५ जना घाइते भएका छन् । भारतको लखनउ–अयोध्या रोडमा सडक किनारमा रोकिराखेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि सडक किनारमा रोकि राखेको अवस्थाामा पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो ।
बसमा १ सय ४० भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ । धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्