
काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सञ्चालन हुन थालेसँगै पेट्रोलियम पदार्थको आयात बढेको छ ।
राजमार्गमा पेट्रोलबाट चल्ने सवारी साधनहरू चल्न थालेपछि पेट्रोल–डिजलको आयात बढ्न थालेको नेपाल आयल निगमले जनाएको छ । एक महिना अघि दैनिक बरौनीबाट ३३ वटा ट्यांकर पेट्रोल लिएर वीरगन्ज नाका आउँथ्यो ।
अहिले दैनिक ७० वटाभन्दा बढी पेट्रोल ट्यांकरहरु आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागि कडा निषेधाज्ञा जारी रहँदा पेट्रोलियम पदार्थको खपत घटेको थियो ।
यसअघि पहिले साढे ६ सय केएल दैनिक रूपमा वीरगन्जबाट भित्रिन्थ्यो भने अहिले दैनिक १४ सय केएल पेट्रोल आइरहेको छ । दुई वर्षअघि निर्माण गरिएको मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट डिजेल मात्र आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्