भ्रमण वर्षलाई सफल बनाउन फिल्म प्रतियोगिता

news

काठमाडौं, मंसिर १३ । नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार र सहयोग पुग्ने उद्देश्यले ‘मेरो गाउँ मेरो ठाउँ’ नामक फिल्म प्रतियोगिता हुने भएको छ ।

‘हामी उठ्ने छौ’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यले भ्रमण वर्ष सचिवालयले आज काठमाडौमा पत्रकार सम्मेलन गरी भिडियो च्यालेन्ज प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रमका संयोजक प्रभात रिमालले आफ्नो गाउँ प्रर्वद्धन गर्ने दायित्व मेरै हो भन्ने भावना प्रेरित गर्नको लागि पनि प्रतियोगिता गर्न लागिएको बताए ।

एक सय एकदिन चल्ने प्रतियोगिताको लागि पाँच मिनेट सम्मको भिडियो पठाउन आग्रह गरीएको छ ।

भिडियोहरु मध्येबाट १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयनमा पर्नेछन् । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...