
गुल्मी । यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका–४ मा लु १ ज ४५५९ नम्बरको जिप दुर्घटना भएको वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेको र एक महिलाको सनाखत हुन बाँकी रहेको जनाइएको छ । जिपमा १० जना सवार थिए ।
जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्