१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीमा नौ दिनको शिशुसहित तीन जनाको शव भेटियो


0
Shares

सर्लाही । ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ ।

पोखरीमा डुबेको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ । करिव २५–२६ वर्षकी रिकेवादेवी, १८ महिनाकी छोरी रमा र नौ दिनका छोरासहित गए राति घरबाट निस्केकी थिइन् ।

उनीहरु तीनै जनाको शव बिहान पोखरीमा देखिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । श्रीमती र बच्चा खोज्न निस्केका रिकेवादेवीका श्रीमान सञ्जीव कापड पनि अहिलेसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको र हत्या वा आत्महत्याबारे अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।