१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गत वर्ष धनकुटामा ७ सय ३३ उद्योग दर्ता


0
Shares

धनकुटा । गत आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा ७ सय ३३ लघु तथा साना उद्योग दर्ता भएका छन् ।

दर्ता भएका उद्योगमा उत्पादमुलक १९, कृषि तथा वनजन्य ५ सय ८७, पर्यटन सम्बन्धी ५९, सेवामुलक उद्योग ६२, र सुचना प्रविधि उद्योग ४ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले जनाएको छ ।

जसमध्ये ३ सय ३९ वटा महिलाको नाममा दर्ता भएका छन् भने ३ सय ९४ वटा उद्योग पुरुषको नाममा दर्ता भएको कार्यालयले जनाएको छ । यी उद्योगमा करिब ३ हजारले प्रत्यक्ष रोजगारी पाउने जनाइएको छ ।