१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेप्सेमा दोहोरो अंकको सुधार जारी, तीन कम्पनीमा लाग्यो सर्किट


0
Shares

काठमाडौं । कारोबार हुने साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकको सुधार जारी छ ।

उचारचढावका बीच १५ अंकले बढेको शेयर बजार परिसूचक १५ अंकले बढेर ३ हजार ९४ विन्दुमा पुगेको छ । यो अंक अहिलेसम्मकै उच्च हो । बुधबार कारोबार रकममा भने गिरावट आएको छ ।

क बर्गका कम्पनीको परिसूचन सेन्सेटिभ इन्डेक्स भने ०.०२ अंकले बढेर ५ सय ७४ विन्दुमा पुगेको छ ।

यस दिन तीन वटा कम्पनीका शेयरले सकारात्मक सर्किट हानेका छन् । नारायणी विकास बैंक, मल्टिपर्पोज सहकारी र चन्द्रागिरी हिल्सको शेयर लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

यस दिन बैंक, हाइड्रोपावर, उत्पादन र म्युचल फण्ड बाहेकका सबै समूहमा हरियाली छाएको छ । निर्जीवन बीमा समूह ४ सय ४९ अंकले बढ्दा जीवन बीमा समूहमा ४ सय ३१ अंकको सुधार आएको छ ।

२ सय १९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता सेयर किनबेच हुँदा बुधबार १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँको कारोबार भएको छ । मंगलबार १५ अर्बभन्दा बढीको कारोबार भएको थियो ।