१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चार पूर्वमन्त्रीलाई माओवादीमै फर्किने मन, पुगे सर्वोच्च


0
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका चार नेता माओवादी केन्द्रमै फर्कन चाहेका छन् । उनीहरूले सांसद् पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसद्बाट पदमुक्त गरेको थियो ।

उनीहरूको सांसद् पद पुनर्बहाली भएका उनीहरू पुनः नेकपा (माओवादी केद्र)कै सांसद् रहनेछन् ।