१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गुल्मी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो


0
Shares

गुल्मी । गुल्मीमा जीप दुर्घटना ३ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका–४ भङ्ल्याङमा दुर्घटना हुदाँ सात जना घाइते भएका हुन् ।

दुर्घटनामा चन्द्रकोट गाउँपालिका–५ हरेवा बस्ने ४४ वर्षका रेशम कार्की, चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर घर भई चन्द्रकोट गाउँपालिका–५ हरेवामा होटल गरी बस्ने ४३ बर्षका तेज बहादुर खत्री र रेसुङ्गा नगरपालिका २ बाख्रेछेडा बस्ने ६२ बर्षकी सुनिता विकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।

दुर्घटनामा घाइते भएका चन्द्रकोट गाउँपालिका–७ दमुका बस्ने २३ वर्षीया मुना भण्डारी, रेसुङ्गा नगरपालिका २ घर भएकी २३ वर्षीया रमिला भण्डारी, चन्द्रकोट गाउँपालिका ७ रूपाकोट बस्ने ३३ वर्षीय गोकुल भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ ।

त्यस्तै पाल्पामा उपचारको लागि चन्द्रकोट गाउँपालिका ६ हरेवा बस्ने २० वर्षीय बिनिता परियार, चन्द्रकोट गाउँपालिका–८ मजुवा बस्ने ४५ वर्षीय बमबहादुर विक, चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बस्ने ३९ वर्षीय गगन क्षेत्री र चन्द्रकोट गाउँपालिका–८ मजुवा बस्ने ४५ वर्षीय सुनिल विकलाई पाल्पामा उपचारका लागि पठाइएको छ ।