३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


हंगेरीद्वारा नेपाललाई १ लाख थान मास्क सहयोग


0
Shares

काठमाडौं । हंगेरी सरकारले नेपाललाई १ लाख थान मास्क सहयोग गरेको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा सहजताका लागि हंगेरीले १ लाख थान केएन९५ मास्क सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त मास्क नेपालको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरिएको मन्त्रालयकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालयले सहयोगका लागि हंगेरी सरकारलाई धन्यवाद दिएको छ ।