
एजेन्सी । बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाइएको बीबसीले जनाएको छ ।
कोरोनाविरुद्ध दुवै डोज लगाइसकेका युरोप र अमेरिकाबाट बेलायत आउने यात्रुहरुले अब क्वारेन्टाइन बस्नु नपर्ने भएको छ ।
यो नियम आगामी सोमबार अर्थात अगष्ट २ बाट लागू हुने बताइएको छ ।
युरोपियन मुलुकबाट आउनेहरुले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरुले ‘सीडीसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ ।
तर, यात्रा गर्नु अघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ ।
पछिल्लो समय बेलायत प्रवेश गर्दा फ्रान्सबाहेकका ‘एम्बर लिष्ट’ अन्तर्गतका मुलुकबाट आउने यात्रुहरुले आइसोलेशन बस्नु नपर्ने भएको छ ।
नयाँ नियमसँगै लामो समयदेखि आफ्ना परिवारबाट टाढिएका व्यक्तिहरुसँग भेट्न पाउने अवसर मिल्ने सरकारले जनाएको छ ।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर बढे पनि यसको असर कम भएको भन्दैसरकारले जनजीवन सामान्य बनाउन प्रतिबन्धहरु हटाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्