
तस्बिर फाइल
काठमाडौं । काठमाडौं महानगरपालिकामा आज पुनः भेरोसेल खोप लगाइने भएको छ ।
पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्षभन्दा माथि उमेर भएकाहरुलाई आज खोप लगाउने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाउने कार्यक्रम छ ।
बिहान १० देखि साँझ ५ बजेसम्म खोप लगाउन सकिने छ । खोप लगाउन महानगरले ३२ वडामै खोपकेन्द्रहरु तोकिएको छ ।
खोप लगाउन जाँदा नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र अथवा वडाको सिफारिस अनिवार्य साथमा हुनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्