
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज सपथ ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष विश्व पौडेललाई सिंहदरवारमा पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।
प्रधानमन्त्री देउवाले शपथ खुवाएपछि आयोगका सदस्यले उपाध्यक्ष पौडेलबाट शपथ लिएका छन् ।
गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसैगरी आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बु नियुक्त भएका थिए ।
राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् ।
आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ ।
नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।
प्रतिक्रिया दिनुहोस्