२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नुवाकोटकाे बट्टारबाट विदुर जाने पुलमा क्षति, बाटो अवरुद्ध


0
Shares

काठमाडौं । लगातारको बर्षाका कारण आएको बाढीले नुवाकोटको बट्टारबाट विदुर जाने सडकको खोल्साको पुलमा क्षति गरेको छ ।

पुलमा क्षति पुगेसँगै सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा रोकिएको छ ।

गएराति करिब ९ बजे पुलको जगमा क्षति पु¥याएसँगै सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पुल भासिँदा यात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ । बाटो खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय रसुवाले जनाएको छ ।