
नवलपुर । गत आर्थिक वर्ष २०७७ /०७८ मा नवलपुरमा १ हजार ३ सय ७७ घरेलु तथा साना उद्योग दार्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यलय नवलपुरको तथ्यांकअनुसार सबैभन्दा धेरै कृषि तथा वन पैदावरमा आधारित उद्योग ११ सय ५० वटा उद्योग दर्ता भएका हुन् ।
त्यस्तै उत्पादनमूलक उद्योग १०, सूचना प्रविधि सञ्चार प्रविधि तथा सूचना प्रसारण प्रविधिमा आधारित उद्योग ५, सेवामुलक उद्योग १ सय १२ उद्योग दर्ता भएको छन् ।
घरेलु तथा साना उद्योग कार्यलय नवलपुरका प्रमुख विक्रम सुवेदीले जानकारी दिनुभएको छ ।
गत वर्ष नै २०७७ ÷०७८ उद्योग तर्फ ७१ लाख ६७ हजार रजस्व संकलन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्