२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


हेटौंडामा ६५ किलो गाँजासहित दुई जना पक्राउ


0
Shares

हेटौंडा । मकवानपुर प्रहरीले ६५ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९ नेवारपानीमा मनहरीबाट हेटौँडा आउदै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीबाट ६५ किलो लागु औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

प्रहरीले सवारी साधन चालक चितवन जिल्ला भरतपुर महानगपालिका–२० चनौली बस्ने रोशन परियार र सोही गाडीमा सवार राक्सिराङ गाउँपालिका–६ बस्ने ललित तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले बताउनुभयो ।