
काठमाडौं । ललितपुर महानगरपालिकाले शुक्रबार(भोलि)देखि भेरोसेलको पहिलो मात्रा खोप लगाउन सुरु गर्ने भएको छ ।
४५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई लक्षित गर्दै महानगरपालिकाले आगामी तीन दिन २९ वटै वडाबाट खोप दिन लागिएको महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।
यस्तै, महानगरपालिकाले साउन १८ गतेदेखि जोन्सन एण्ड जोन्सनको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले उमेर पुगेका स्थानीयलाई नागरिकता वा उमेर खुल्ने प्रमाणपत्र बोकेर खोप लगाउन जान पनि आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्