
काठमाडौं । टोकियो ओलम्पिकको पदक तालिकामा जापानको अग्रता बनाएको छ ।
जापान १५ स्वर्ण, चार रजत र पाँच कास्यसहित २४ पदक जित्दै तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको चीनले १४ स्वर्ण, ६ रजत र नौ कास्यसहित २९ पदक जितेको छ । यस्तै १३ स्वर्ण, १४ रजत र १० कास्य गरी ३७ पदकका साथ अमेरिका तेस्रो स्थानमा छ ।
यस्तै आठ स्वर्ण, दुई रजत र १० कास्यका साथ २० पदकसहित अस्ट्रेलिया चौथो स्थानमा हुँदा रसियन ओलम्पिक कमिटी सात स्वर्णसहित २६ पदकका साथ पाँचौँ स्थानमा छ । यस्तै बेलायतले पाँच, दक्षिण कोरियाले चार, फ्रान्स र जर्मनीले तीन/तीन स्वर्ण पदक जितेका छन् ।
इटली, नेदरल्यान्ड्स, क्यानडा, हङ्गेरी, स्लोभानिया, क्रोएशिया र कोसोभोले समान दुई/दुई स्वर्ण जितेका छन् । ओलम्पिकमा अहिलेसम्म ३१ देशले स्वर्ण पदक हात पार्दा ५९ देशले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्