
एजेन्सी । अफगानिस्तानमा आएको बाढी पहिरोमा परेर कम्तिमा ६० जनाको मृत्यु भएको छ ।
वर्षासँगै आएको बाढीका कारण पूर्वी अफगानिस्तानमा मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ ।
बाढी पहिरोमा परेर कयौं व्यक्ति हराइरहेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । तर तालिवानी विद्रोहीले भने एक सय ५० भन्दा बढीको मृत्यु भएको दावी गरेको छ ।
अत्यधिक वर्षाका कारण निजी तथा सरकारी संरचनाहरुमा क्षति पुगेको छ ।
पूर्वी अफगानिस्तानको अपदा क्षेत्र तालिवानीहरुले आफ्नो कब्जामा लिएको बताएसँगै अफगान सेनाले कारवाही तीव्र पारेको छ । स्थानीयहरुले भने मृतक र हराइहेकाहरुको संख्या अझै धेरै रहेको जनाएका छन् ।
अमेरिकी सेना फिर्ता भएसँगै तालिवानी विद्रोहीले सशस्त्र गतिविधि तीव्र पारेकाले उद्दार तथा राहतमा समस्या भएको अधिकारीरुले जनाएका छन् ।
लामो समयदेखि आन्तरिक द्वन्द्वमा रहेको अफगानिस्तानमा कमजोर संरचनामा बनेका ग्रामिण क्षेत्रका घरहरु वर्षेनी बाढीका कारण क्षतिग्रस्त हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्