१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ललितपुरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप दिइदै, सबै २९ वडामा खोप केन्द्र


0
Shares

काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

भेरोसेलको पहिलो डोज लगाउन महानगरका सबै २९ वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । आजदेखि पर्सिसम्म खोप कार्यक्रम संचालन हुनेछ ।

४५ वर्षमाथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर उमेर खुल्ने परिचयपत्रको आधारमा खोप लगाउन पाउनेछन् ।

महानगरका अनुसार १८ गते सोमबारदेखि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ । यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ ।