
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हिजो गरिएको एन्टिजेन परीक्षणबाट ३ सय ५५ जनामा कोरोना पुष्टि भएको हो । कारागारमा रहेका ८ कर्मचारीसहित ९ सय ६९ जना कैदीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा पोजेटिभ देखिएको भीमफेदीका स्वास्थ्य संयोजक रामनाम थिङले जमनकारी दिनुभयो ।
कोरोना पुष्टि भएकालाई छुट्टै ब्लकमा राखिएको कारागार प्रशासनले जनाएको छ । कैदी स्थानान्तरणको क्रममा भीमफेदी कारागारबाट अन्त सारिएका ५ जनामा कोरोना देखिएपछि भीमफेदी कारागारका सम्पूर्ण कैदिबन्दीको कोरोना परीक्षण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्