
web pic
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
आज बिहान करिब सवा ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ अत्तरखेलमा ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय बौद्धले जनाएको छ ।
जोरपाटीबाट गोकर्णेश्वर जाँदै गरेको बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले पैदल यात्रुलाई ठक्कर दिएको हो । दुर्घटनामा रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्काको मृत्यु भएको छ ।
दुर्घटनालगत्तै उनलाई प्रहरीले उपचारका लागि एनएमसी अस्पताल पु¥याएको थियो । त्यहाँ पु¥याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्