
अर्घाखाँची । अर्घाखाँचीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि १४ दिनका लागि थप कडाइका साथ निषेधाज्ञा जारी हुने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भोली शनिबार राति १२ बजेदेखि लागु हुने गरी ३० गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
निषेधाज्ञामा खाद्य, फलफूल, डेरी, तरकारीजस्ता अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ देखि ९ बजेसम्म खोल्न दिइने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
यस्तै अति अत्यावश्यक बाहेकका सम्पुर्ण यातायातका साधन बन्द रहने छन् भने बैंक तथा वित्तीय संस्था पनि पूर्ण रुपमा बन्द हुने जनाइएको छ ।
यस्तै सञ्चालन भइरहेका विभिन्न परीक्षाहरु स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन हुने बताइएको छ । कोरोना संक्रमणबाट अर्घाखाँचीमा ७२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्