
विवेक भण्डारी
नवलपुर । होटल व्यवसायमा राम्रो आम्दानी हुने भन्दै अर्बो लगानी गरेका होटलहरु कोरोनाका कारण सञ्चालन हुन नसक्दा धरासायी बनेपछि ठुलो लगानीमा सञ्चालन भएका होटल व्यवसायीहरुले मारमा परेको गुनासो गरेका छन ।
नवलपुरको गैडाकोटदेखि दाउन्ने सम्म सञ्चालनमा रहेका र नयाँ सञ्चालनको तयारीमा रहेका होटल व्यवसाय सञ्चालन हुन नपाउँदा लगानीसमेत डुबेको व्यवसायीहरुले बताएका छन् । होटल सञ्चालनका लागि बैकबाट ऋण लिएर सुरु गरेको बैकको ऋण र किस्तासमेत तिर्न नपाउदा थप समस्या भएको व्यवसायीहरुले बताएका छन् ।
विगतमा देशमा आर्थिक तथा पर्यटन विकास गर्न होटल व्यवसायले ठुलो टेवा पु¥याएको र हालको परिस्थितिमा राज्यले भावनात्मक रुपमा आफुहरुलाई हेर्नुपर्ने होटल व्यवसायी चोकरानायण काफ्ले बताउँछन् ।
होटल व्यवसायी समिति गण्डकी प्रदेशका उपाध्यक्ष गौरिश्वर न्यौपानेका अनुसार राज्यले होटल व्यवसायीको माग सम्बोधन नगरे देशका सबै जिल्लामा आन्दोलनको तयारी थालेको बताउनुभयो ।
गत वर्ष पनि थला परेका यहाँका होटलहरु अहिलेको वर्ष पनि बन्द गर्नुपर्दा थप संकट व्यहोर्नु परेको बताएका छन् । राज्यको अर्थतन्त्र मजबुत बनाउन र पर्यटन क्षेत्रको विकास गर्न होटल व्यवसायीलाई राज्यले राहत प्रदान गर्नुपर्ने माग होटल व्यवसायीहरुले अघि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस्