
काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको कारबाहीमा परेका चारजना पूर्व माओवादी सांसदहरुले पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।
प्रारम्भिक सुनुवाइका लागि हिजो न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएकोमा समय अभवा भएपछि हेर्न नभ्याइने सूचीमा परीपछि आजका लागि सुनुवाइ तोकिएको हो । आजको सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ ।
पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्