१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते


0
Shares

म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका बादिकाकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

पश्चिम म्याग्दीको ताकम हुँदै बेनीतर्फ आउँदै गरेको जीप दरबाङ–धारापानी सडक अन्र्तगत बादिकाको भिरबाट खसेको थियो ।

दुर्घटनामा धवलागिरी गाउँपालिका ताकमका बिकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन् । घाईते सबैजनाको दरबाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।