
काठमाडौं । चार जना पूर्व माओवादी नेताले दायर गरेको रिटमाथिको सुनुवाइ आज स्थगित भएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि सुनुवाइ स्थगित भएको हो । बिहीबार न्यायाधीश दीपक कार्कीको इजलासमा पेशी तोकिएको रिट ‘हेर्न नभ्याइने’मा परेको थियो ।
नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रको कारबाहीका आधारमा पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालत स्रोतका अनुसार रिट निवेदक पक्षका कानून व्यवसायीकै आग्रहमा सुनुवाइ स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्