
बिराज रोस्यारा
कैलाली । कर्णाली नदीमा स्कोर्पियो गाडी खस्दा दुई जना बेपत्ता भएका छन् । तीन बालबालिका घाइते छन् ।
कैलाली मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी देखि सोल्टा जाने कच्ची सडकमा नम्बर नखुलेको गाडी ब्याक गर्ने क्रममा सडकबाट तीन समय मिटर कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।
जिपमा सवार पाँच जना नेपालगञ्जबाट उपचार गरेर घर फर्किएका व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
गाडीमा सवार पाँच मध्ये तीन जना बालबालिका सडकबाट सय मिटर तल खसेको अवस्थामा भेटिएको र अन्य दुई जना गाडीसहित नदीमा खसेको अधिकारीले बताउनुभयो ।
गाडीमा डोटीको आर्दश गाँउपालिकाका चन्द्र जोशी, रुपी जोशी, लक्ष्मी जोशी, भुवन जोशी र सावित्री जोशी सवार रहेको उहाँले जानकारी दिनुभयो ।
चन्द्र जोशी, रुपी जोशी बेपत्ता छन् भने बाँकी तीन बालबालिकाको अवस्था जटिल रहेकाले उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्