
काठमाडौं । टोकियो ओलम्पिकको पदक तालिकामा चीनले आफ्नो अग्रतालाई कायम राखेको छ । चीनले हालसम्म १८ वटा स्वर्ण पदकसहित ९ रजत र ११ कास्य गरी कुल ३८ पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको जापानले १६ स्वर्ण, ४ रजत र ७ कास्यसहित २७ पदक जितेको छ । पदक तालिकाको तेस्रो स्थानमा रहेको अमेरिकाले १४ वटा स्वर्ण, १६ रजत र ११ कास्यसहित ४१ पदक आफ्नो पोल्टामा पारेको छ ।
१० वटा स्वर्ण पदक जितेको रुसी ओलम्पिक कमिटी चौथो स्थानमा र ९ स्वर्ण जितेको अष्ट्रेलिया पाँचौं स्थानमा छन् । अहिलेसम्म ३४ देशले स्वर्ण पदक जित्दा ६० देशले पदक तालिकामा नाम लेखाएका छन् ।
प्रतिक्रिया दिनुहोस्