
बैतडी । भारतमा बाढीले बगाउँदा एक नेपाली मजदुरको मृत्यु भएको छ । बाढीकै कारण थप एक नेपाली मजदुरसहित अन्य ६ मजदुर बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–६ गौकुरा घर भई हाल कञ्चनपुर बस्ने ३८ वर्षीय धनसिंह भण्डारी(मगन) रहेका छन् ।
शुक्रबार बिहान भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको खोलाले बगाउँदा भण्डारीको मृत्यु भएको भाइर सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
सुरुङ निर्माणको काममा रहेका भण्डारीको ड्युटीमै रहेका बेला बाढीले बगाएको हो । विगत १५ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका मृतक भण्डारीका श्रीमती, ३ छोरी र १ छोरा रहेका छन् ।
सोही बाढीमा परेर बैतडीको दोगडाकेदार गाउँपालिका–६ डोल घर भएर कञ्चनपुरको पिपलाडी बस्ने डम्मर लुहार बेपत्ता भएका छन् । यस्तै सोही कम्पनीमा काम गर्ने अन्य ५ भारतीय मजदुर पनि बेपत्ता रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्