
एलबी विश्वकर्मा
काठमाडौं । नारायणहिटी दरबारको उत्तरढोकासँग जोडिएको धोबी बस्ती । राजाले लुगा सुकाउन उनीहरूलाई यो ठाउँ बक्सिस दिएका थिए । त्यसबापत उनीहरूले राजपरिवारका लुगा धोइदिनुपर्थ्याे ।
कुनैबेला यिनीहरूले लुगा धोएको हेर्न पर्यटकहरूको घुइँचो लाग्थ्यो । प्रविधिको प्रयोग र यस पेशामा अन्य समुदायका मानिसको प्रवेशसँगै उनीहरू पलायन हुने क्रम बढेको छ ।
पुर्खाको नासोका रूपमा रहेको पेशाबाट नयाँ पुस्ता बेखबर छ । युवाहरूलाई यस पेशाको विषयमा खासै ज्ञान पनि छैन । विगतमा जसरी कपडा धुलाई गर्न नपाइँदा र मेसिन खरिदका लागि लगानी गर्न नसक्दा पलायन हुने अवस्था आएको युवा बताउँछन् ।
केहीले यसैमा भविष्य खोजिरहेका छन् । तर, सफल भइन्छ भन्ने विश्वास उनीहरूमा पनि छैन । पहिला ढुंगेधारामा हातैले लुगा धुने धोवी समुदायका युवा अहिले वासिङ मेसिन राखेर कर्मलाई निरन्तरता दिइरहेका छन् ।
धोबी वस्ति र चौर कपडा सुकाउन मात्र नभई पर्यटनका लागि चर्चित थियो । विदेशीहरू उनीहरूले लुगा धोएको र ढुङ्गे धाराको दृश्य क्यामेरामा कैद गर्न पाउँदा खुसी हुन्थे ।
तर, घर बनाउने प्रतिस्पर्धा पानीको मूल सुकेपछि त्यो विगत एकादेशको कथा बनेको छ । १४ वटा ढुंगेधारा भएको धोबीचौरमा अहिले ३–४ वटा मात्र संरक्षणमा छ ।
धोबीचौर राजाले धोबीलाई कपडा सुकाउन भनेर दिएका थिए । दरबारको समेत कपडा धुनुपर्ने भएकाले राजाले जग्गा दिएका हुन् । अहिले त्यो कथन जस्तै बनेको छ । महानगरले बार लगाएपछि बालबालिकाले खेल्नसमेत पाएका छैनन् ।
परम्परागत व्यवसायलाई जोगाउनुपर्नेमा केही युवाहरू एकमत छन् । यसका लागि सरकारले राहत दिनुपर्ने उनीहरूको माग छ ।
प्रतिक्रिया दिनुहोस्