
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ ।
आज काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयले गरेको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा घोषणा गरेको खोपको प्राथमिकता व्यवहारमा देखिनुपर्ने बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री देउवाले संसदमा विस्वासको मत लिने क्रममा सबै नेपालीलाई कोरोनाको खोप लगाउने आफ्नो पहिलो प्राथमिकता भएको बताउनु सकारात्मक भएपनि व्यहारमा ल्याउन सुझाव दिनुभयो ।
नेता सिंहले कोरोनाको पहिलो डोज खोप मात्र लगाएका धेरैले आफूलाई दोस्रो डोजको बारेमा जिज्ञासा राखेकाले सरकारको प्राथमिकता खोपमै हुुुनुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रममा कांग्रेसका संस्थापकमध्येका एक नेता गणेशमान सिंहको अगुवाइमा स्थापना भएको क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्