
काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभाग केन्द्रीय समिति र लोकतान्त्रिक खेलकुद संघको आयोजनामा चौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा एक सय दुई जनाले रक्तदान गरेका छन् । कार्यक्रम केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको पहलमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका आयोजना गरिएको कांग्रेसका नेता युधिर पौडेलले जानकारी दिनुभयो ।
उहाँकाअनुसार चौतारा अस्पतालमा दिईएको रेफ्रिजेरेटरमा रगत जम्मा गर्न रक्तदान गरिएको हो । बाँकि रगत भक्तपुर पठाइनेछ खेलकुद विभाग प्रमुख तथा कांग्रेस केन्द्रीय सदस्य बस्नेता रगत अभावमा अकालमा कोही कसैले ज्यान गुमाउन नपरोस् भनी रक्तदान कार्यक्रम गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्