
वीरगञ्ज । प्रदेश २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले जनताको काम गर्न आफू मन्त्री भएको बताउनुभएको छ ।
वीरगञ्जमा आयोजित सम्मान कार्यक्रममा उहाँले मन्त्री जनताको सेवक भएको बताउनुभएको हो । उहाँले न्यून स्रोत साधानमा काम गरेर देखाउने चूनौती आफूलाई भए पनि जनतासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
वीरगञ्ज आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले आर्थिक क्षेत्रका गतिविधिलाई तीव्र रूपमा अघि बढाउने योजना रहेको बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले प्रदेश २ का सञ्चार गृहहरूको लागि सोलार प्रणालीबाट निःशुल्क विजुली उपलब्ध गराउने कार्यविधि माथि गृहकार्य गरिने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्