
म्याग्दी । बेनी—भकुण्डे मोटरबाटो ट्र्याक खुलेको १२ वर्ष बितिसक्दा पनि अझै सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।
२०६६ मा ट्र्याक खुलेको सडक व्यवस्थित रूपमा स्तरोन्नति हुन नसक्दा उपयोगविहीन बन्दै गएको हो । साढे ७ किलोमिटर सडकको मर्मतका लागि लाखौँ रुपैयाँ खर्च भए पनि बालुवामा पानी हाले सरह भएको छ ।
साना सवारी हिउँदमा फाट्ट–फूट्ट सञ्चालनमा आए पनि बर्खामा भने सञ्चालन हुन सक्ने अवस्था नहरेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्