१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकलाई खोप दिन सम्पूर्ण शक्ति परिचालन गरेका छौँ– उपसभापति निधि


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्नुभएको छ ।

उपसभापति निधिले जहाँबाट ल्याएर भए पनि आम जनतालाई खोपको व्यवस्था गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो । काठमाडौंको त्रिपुरेश्वरमा स्थापना भएको एक हेल्थ केयर सेन्टरको शनिबार उद्घाटन गर्दै उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकारले कोरोना विरुद्धको खोपलाई प्राथमिकता दिएको स्मरण गराउनुभयो ।

यसैबीच काँग्रेस नेता प्रकाशमान सिंहले कोभिशिल्डको पहिलो डोज लिएका सबै नागरिकलाई तत्काल दोस्रो डोज खोप उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । काठमाडौंको ढल्कोमा भएको कार्यक्रममा उहाँले कोभिशिल्डकोे दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो पूरा गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेता सिंहले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पुर्‍याउन सरकारले प्राथमिकता दिए पनि भनेअनुसार काम गर्न नसकेको गुनासो समेत गर्नु भयो ।