
काठमाडौं । नेपाली कांग्रेसका तीन राजकुमारको संज्ञा पाएका उपसभापति बिमलेन्द्र निधि, महान्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमानसिंहबीच भेटवार्ता भएको छ ।
सिंह निवास चाक्सीबारीमा भएको भेटवार्तामा मुलुकको राष्ट्रिय राजनीतिक र कांग्रेसको आसन्न १४औं महाधिवेशनको विषयमा छलफल भएको कांग्रेस युवा नेता युपी लामिछानेले जानकारी दिनुभयो । महाधिवेशन नजिकिएसँगै उहाँहरुबीच आगामी पार्टी नेतृत्वको विषयमा यसअघि पनि छलफल भइसकेका छन् ।
यसअघि पटक–पटक भएकोे छलफलमा बाहिर देखिने ठोस उपलब्धि भएका छैनन् । निधि र कोइराला र सिंह तीनैजना पार्टीको आगामाी नेतृत्व लिने दौडमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्