१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


थप ३१ सय ६ जनामा कोभिड पुष्टि, २३ जनाको मृत्यु

१७ लाखले लगाए पूर्ण खोप

0
Shares

काठमाडौं । नेपालमा थप ३१ सय ६ जनामा कोभिड–१९ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षणमा ३१ सय ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोभिड संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७ सय ३९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९ हजार ८ सय ५७ पुगेको छ । सोही अवधिमा १ हजार ९ सय १६ जना निको हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ जना पुगेको छ ।

कोभिडको समस्याले आक्रान्त भइरहेको समयमा खोप लगाउने क्रम पनि जारी रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३९ लाख ३६ हजार ७ सय २४ जना कोभिडविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने पूर्ण मात्र खोप लगाउनको संख्या १७ लाख ४५ हजार ९ सय ३ जना रहेका छन् ।