१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलम्पिक पदक तालिकामा २१ स्वर्णसहित चीन शीर्ष स्थानमा, कुन देशको कति पदक ?


0
Shares

एजेन्सी । जापानमा चलिरहेको टोकियो ओलम्पिकमा २१ स्वर्णपदकसहित चीन शीर्ष स्थानमा रहेको छ ।

चीनले २१ स्वर्ण, १२ रजत र १२ कास्यसहित कुल ४५ पदक जितेको छ । दोस्रो स्थानको जापानले १७ स्वर्ण, ५ रजत र आठ कास्यसहित ३० पदक जितेको छ । १६ स्वर्ण, १७ रजत र १२ कास्य गरी ४५ पदकका साथ अमेरिका तेस्रो स्थानमा छ ।

चौथो स्थानको रुस ओलम्पिक कमिटीले १० स्वर्ण, १५ रजत र ११ कास्य गरी ३६ पदक जितेको छ । पदक तालिकाको पाँचौ स्थानमा रहेको अष्ट्रेलियाले १० स्वर्ण ३ रजत र १४ कास्यसहित २७ पदक जितेको छ ।

यस्तै बेलायतले ८, दक्षिण कोरियाले ५, फ्रान्स, नेदरल्याण्डले र न्यूजिल्याण्डले ४/४ तथा क्यानडा, चेक रिपब्लिक र क्रोएसियाले ३÷३ पदक जितेका छन् ।

अहिलेसम्म टोकियो ओलम्पिकमा ३७ देशले स्वर्ण पदक जित्दा ६७ देशले पदक तालिकामा आफ्नो नाम लेखाएका छन् ।