
एजेन्सी । टोकियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी सेलेब ड्रेसलले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
टोकियो ओलम्पिकमा ड्रेसलको यो तेस्रो स्वर्ण हो । शनिबार भएको पुरुष एक सय मिटर बटरफ्लाइमा ड्रेसलले ४९ सेकेण्ड ४५ मिलिसेकेण्डमा जित निकाले । उनले आफ्नै नामको ४९ सेकेण्ड ५० मिलिसेकेण्डको कीर्तिमान समेत भङ्ग गरेका हुन् ।
हङ्गेरीका क्रिस्टोफ मिलिकले ४९ सेकेण्ड ६८ मिलिसेकेण्डसहित रजत जिते भने स्विट्जरल्यान्डका नोए पोन्टीले ५० सेकेन्ड ७४ मिलिसेकेण्डसहित कास्य जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्