१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विश्राम लिँदै क्रिकेटर बेन स्टोक्स, यस्ताे छ कारण


0
Shares

एजेन्सी । इङ्ग्ल्यान्डका क्रिकेट खेलाडी बेन स्टोक्सले अनिश्चितकालका लागि विश्राम लिने निर्णय गरेका छन् ।

स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन र चोट लागेको देब्रे हातको औँलालाई आराम दिन विश्राम लिएको इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । योसँगै स्टोक्सले भारतसँगको पाँच टेस्ट श्रृङ्खला पनि गुमाउने भएका छन् ।

भारत र इङ्ग्ल्यान्डबीचको पाँच टेस्ट श्रृङ्खलाको पहिलो खेल चार अगष्टमा सुरु हुनेछ । स्टोक्सको कप्तानीमा इङ्ग्ल्यान्डको दोस्रो रोजाइको टोलीले पाकिस्तानसँगको तीन खेलको एक दिवसीय श्रृङ्खलामा क्लिन ‘स्वीप’ गरेको थियो ।

स्टोक्स अक्टोबर÷नोभेम्बरमा हुने टी–२० विश्वकपमा फर्कने अनुमान छ ।