१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बागलुङमा ९८ प्रतिशत रोपाइँ, उत्पादनमा वृद्धि हुने विज्ञको भनाइ


0
Shares

डम्मर बुढा मगर
बागलुङ । बागलुङमा करिब ९८ प्रतिशत रोपाइँ सकिएको छ । समयमै पानी परेको कारणले यस वर्ष छिटो रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

पहिलेका वर्षहरूमा मनसुन ढिला सक्रिय भएकाले ढिला रोपाई हुने गरेको थियो । अब जिल्लाको जैमिनी नगरपालिकाको केहि भेगमा मात्र गर्न बाँकी छ । अन्य पालिकाहरूमा पूर्ण रुपमा रोपाइँ सकिएको छ ।

जैमिनी नगरपालिकाको केहि स्थानमा ढिला मकै लगाएको कारण रोपाइँ गर्न पन ढिलो भएको भट्टराईले बताउनुभयो । बागलुङमा हाल कुल ७ हजार ७ सय ७५ हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ । हाल जिल्लाको करिब ७ हजार ७ सय बिस हेक्टर जमिनमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

कोरोनाको कहरका कारण धेरै व्यक्तिहरू गाउँमा फर्केको र समयमै पानी परेकोले गर्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने केन्द्रको अनुमान छ । बागलुङमा अहिले े गुडुरा, पोखरेली, जेठोबुढो लगायतका स्थानीय जातका धानलाई विशेष प्राथमिकतामा राखेर लगाउने गरिएको छ ।

तर, पछिल्लो समयमा उन्नत जातका खुमल चार, खुमल दश, राधा सात, जरन, माछापुच्छ«े लगायतका धानहरूमा पनि कृषकको ध्यान गएको छ ।