१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


माओवादी केन्द्रकाे आज स्थायी समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी समितिको बैठक बोलाएको छ । केन्द्रले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको हाे ।

बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जनाइएको छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बारेमा छलफल हुने नेता देवेन्द्र पौडेलले बताउनुभयो । सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि पछिल्ला केही दिनदेखि औपचारिक तथा अनौपचारिक छलफल चलाउँदै आएको छ ।

मन्त्रिपरिषद् विस्तारबारे शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।