१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रदेश–५ मा तीन विधेयक पारित


0
Shares

केशव भण्डारी (इमेज)

बुटवल, साउन १४ । प्रदेश नम्बर–५ को प्रदेशसभाले मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक र सुविधासहित तीनओटा विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक र सुविधा, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा तथा प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

तीनओटै विधेयक आइतबारको बैठकबाट पारित गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आइतबार ती विधेयकमाथि प्रदेशसभामा छलफल हुन सकेको थिएन ।

आइतबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी कांग्रेसले उठाएका प्रश्नको मुख्यमन्त्रीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले जवाफ दिएपछि सोमबारको बैठक सन्चालन भएको थियो ।