
वीरगन्ज । नेपालबाट भारत तर्फ चिनिया स्याउको खुलेआम तस्करी भइरहेको छ । वीरगन्जबाट सिमावर्ती भारतको रक्सौल, भेलाहि, सिकटा, आदापुर लगाएतका ठाउँहरुमा स्याउको तस्करी भएको हो ।
दैनिक २ ट्रक भन्दा बढी स्याउ कार्टुनमा राखेर तस्करी हुँदै आएको छ । पर्सा प्रहरीले ट्रक, तथा ट्याक्टरबाट हुने तस्करीलाई कडाइ गरेपछि ठुला तस्करहरु पोके तस्करहरुकोे माध्यमबाट स्याउको तस्करीमा तिब्रता दिएका छन् ।
तस्कर हरुले महिला तथा बालबालीकाहरुलाई बढी प्रयोग गरेको पाईएको छ । चिनियाँ स्याउँको नेपाल भन्दा भारतमा किलोमा २० रुपैयाँ बढी मुल्य पर्ने गरेकोले तस्करीको भारतमा कारोवार मौलाएको हो ।
दुई कार्टुन स्याउ रक्सौल पु¥याउँदा पोके तस्करले ५० रुपैयाँ शुल्क पाउने बताईएको छ । एक जना बराबर दिनमा ४/५ पटक स्याउ ओसार्ने गरेको पाईएको छ ।
पर्सा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले चिनियाँ स्याउको तस्करी बढ्दै गएकोले त्यसतर्फ प्रहरीले निगरानि बढाएको जानकारी दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस्