
काठमाडौं । नेपालमा ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदै छ ।
हरेक वर्ष अगस्टको पहिलो सातालाई स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ ।
नेपालमा नेपालमा सन् २०१९ सम्म ६२ प्रतिशत आमाले आफ्ना सन्तानलाई ६ महिनासम्म पूर्ण स्तनपान गराएको बहुसूचक सर्वेक्षणले देखाएको छ ।
बालबालिकाको शारीरिक विकासका लागि जन्मिएको एक घण्टाभित्र बिगौती दूध र ६ महिनासम्म आमाको दूध मात्रै खुवाउन चिकित्सकहरुले सल्लाह दिने गरेका छन् ।
आज देखि सुरु भएको विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरेर सप्ताव्यापी रुपमा मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्