
एजेन्सी । प्रि–सिजनको मैत्रीपुर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।
इंग्लीश फुटबल क्लब चेल्सीले आर्सनलको मैदानमा भएको लण्डन डर्बी खेल २–१ ले जितेको हो ।
चेल्सीको जितमा काई हाभर्टज र ट्यामी अब्राहमले एक एक गोल गरे । आर्सनलका ग्रानिट झाकाले एक गोल फर्काए ।
यही मैत्रिपूर्ण खेलमार्फत आर्सनलका नयाँ खेलाडी बेन ह्वाइटले डेब्यु गरेका छन् । ह्वाइट तिद दिनअघि मात्रै ब्राइटनबाट आर्सनल आएका थिए ।
अब चेल्सीले ५ अगस्टमा टोटेनहमसँग अर्काे मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसपछि ११ अगस्टको राति स्पेनिस क्लब भिल्लारियलसँग युएफा सुपरकपमा प्रतिस्पर्धा गर्ने तालिका छ ।
आर्सनलले ८ अगस्टमा टोटेनहमसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्