२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुपाल्चोक बाढीः मेलम्ची बजारमा पुग्ने सबै सडक बगायो, बजारको मध्य भागमै पस्यो बाढी


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएराति पनि ठूलो बाढी आएको छ । शनिबार साँझदेखि मेलम्ची खोलामा सुरु भएको बाढी आउने क्रम अहिले पनि जारी रहेको छ ।

खोलाले आसपासका स्थानमा ब्यापक कटान गरिरहेको छ । बाढीले सडक पनि बगाएपछि मेलम्ची बजारसँगको सम्पर्क पनि टुटेको छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत बाहुनेपाटीको पुलमा पनि थप क्षति पु¥याएको छ भने सडक बगाएपछि आवत जावत ठप्प भएको छ ।

मेलम्ची बजारको मध्य भागमै बाढी पसेको छ भने बजारमा पुग्ने सबै बाटा बन्द भएका छन् ।

आइतबार बाढीले हेलम्बुको चनौटेस्थित हेलम्बु जोड्ने रातो पुल र ग्यालथुममा एउटा झोलुङ्गे पुल बगाएको थियो । शनिबार साँझ यता दुई दर्जन घर बाढीले बगाईसकेको छ ।